नियम २१
खानी, क्वारी वा अरु उद्योगमा विस्फोटक पदार्थको प्रयोग
(१) विस्फोटक पदार्थ
प्रयोग गर्ने हरेक खानी, क्वारी वा अरु उद्योगका धनी वा मालिक वा सञ्चालकहरूले कुनै
विस्फोटक पदार्थ आफ्नै खानी, क्वारी वा उद्योगमा आफ्नै कर्मचारीहरूद्वारा प्रयोग गर्ने
भए प्रयोग गर्ने इजाजतपत्र र “आफ्ना हाराहारीका खानी वा उद्योगलाई चाहिएको बखत
बिक्री गर्ने भए” बिक्री गर्ने इजाजतपत्र पनि लिनु पर्नेछ ।
(२) हरेक म्यागजिन एक योग्य (फोरम्यान) नाइकेको जिम्मामा हुनु पर्छ र यस्तो
(फोरम्यान) नाइकेको आफ्नो पालो सकिएपछि अर्को पालोको नाइकेले (फोरम्यानले)
विस्फोटक पदार्थको स्टक र लगतहरू चेक गरी जिम्मा लिनु पर्नेछ ।
(३) हरेक (फोरम्यान) नाइकेले प्रयोग नभई आफूसंग बा“की रहेको विस्फोटक
पदार्थ आफूले प्राप्त गरेको म्यागजिनको इन्चार्जको जिम्मामा दिनु पर्छ र भोलिपल्ट
म्यागजिन इन्चार्जले यसरी दिइएका विस्फोटक पदार्थलाई पहिले वितरण गर्नु पर्छ ।
(४) हरेक इजाजतपत्रवाला धनी वा संचालक वा (फोरम्यान) नाइकेले नियम ११
को उपनियम (३) मा उल्लेख भए बमोजिमको लगत राख्नु पर्छ । हरेक म्यागजिनको
लागि छुट्टाछुट्टै लगत राख्नु पर्छ । हरेक इजाजतपत्रवाला (फोरम्यान) नाइकेले आफ्नो
इजाजतपत्रवाला मालिकछेउ वा विस्फोटक पदार्थ वितरण गर्ने जिम्मा लिएका आफ्नो
मालिकको अरु इजाजतपत्रवाला (फोरम्यान) नाइकेछेउ लिखित दैनिक र मासिक प्रतिवेदन
पेश गर्नु पर्छ ।
(५) हरेक इजाजतपत्रवाला खानीको धनी वा संचालकले प्रत्येक पटक (सिफ्ट) मा
प्रत्येक कामदारले खानीभित्र लगेको र खानी बाहिर फिर्ता ल्याएको विस्फोटक पदार्थको
यथार्थ लगत आफ्ना इजाजतपत्रवाला नाइके वा अन्य कुनै व्यक्तिद्वारा राख्नु राख्न
लगाउनु पर्छ ।