नियम ३४
खारेजी र बचाउ –
(१) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी नियमावली, २०६० खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेका मानिनेछन् ।