दफा २६
खारेजी र बचाउ :

(१) बृहत्तर जनकपुर क्षेत्र विकास समिति (गठन) आदेश, २०४९ खारेज गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको गठन आदेश अन्तर्गत गठित समितिको सम्पूर्ण चल, अचल सम्पत्ति तथा हक र दायित्वहरू यसै ऐन बमोजिम स्थापित परिषद्‌मा सरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको गठन आदेश अन्तर्गत गठित समितिले गरेको सम्पूर्ण काम कारवाहीहरू यसै ऐन बमोजिमको स्थापित परिषद्ले गरे सरह मानिनेछ ।

(४) उपदफा (१) बमोजिमको गठन आदेश अन्तर्गत गठित परिषद्‌मा कार्यरत कार्यकारी निर्देशक तथा कर्मचारीहरू यसै ऐन बमोजिम नियुक्त भएका मानिनेछन् ।