दफा ४५
खारेजी र बचाउ
(१) पाटन अस्पताल विकास समिति (गठन) आदेश, २०६३ खारेज गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको आदेश बमोजिम भए गरेका सबै काम कारबाही यसै ऐनबमोजिम भए गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको आदेश बमोजिमको विकास समितिको नाममा रहेको चल, अचल सम्पत्ति, लेनदेन कारोबार, ऋण, धन लगायत सम्पूर्ण अधिकार तथा
दायित्व प्रतिष्ठानमा सरेको मानिनेछ ।
(४) उपदफा (१) बमोजिमको गठन आदेश बमोजिमको विकास समितिमा कार्यरत शिक्षक तथा कर्मचारी प्रतिष्ठानको समान स्तर र तहको पदमा सरेको मानिनेछ ।
(५) यस ऐनबमोजिम अस्पताल व्यवस्थापन समिति गठन नभएसम्मको लागि उपदफा (१) बमोजिमको आदेश बमोजिम गठित समितिले सो अस्पताल व्यवस्थापन
समितिको काम गर्नेछ ।