दफा २१
खारेजी र बचाउ
: (१) विद्युत ऐन, २०४९ को–
(क) दफा ३८ को उपदफा (३) खारेज गरिएको छ ।
(ख) दफा ३९ मा रहेका “दफा ३८ को उपदफा (१), (२), र (३)” भन्ने शब्दहरुको सट्टा “दफा ३८ को उपदफा (१) र (२)” भन्ने शब्दहरु राखिएका छन् ।
(२) यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि विद्युतको अनाधिकार उपभोग नियन्त्रण गर्ने सम्बन्धमा प्रचलित कानून बमोजिम वितरकलाई प्राप्त अधिकार प्रयोग गर्नमा यस ऐनमा उल्लेखित व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।