नियम १३८
खारेजी र बचाउ

(१) देहायका नियमावलीहरू खारेज गरिएका छन् ः- (क) संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०५९
(ख) मर्यादापालक सम्बन्धी नियमावली, २०५९ ।
(२) उपनियम (१) मा उल्लिखित नियमावली बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।