नियम १८
खारेजी र बचाउ

(१) निकासी पैठारी (नियन्त्रण) नियमहरु, २०२० खारेज गरिएको छ ।
(२) निकासी पैठारी (नियन्त्रण) नियमहरु, २०२० अन्तर्गत जारी भएका इजाजतपत्रहरु यसै नियमहरु अन्तर्गत जारी भएको मानिनेछ ।

(१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः “श्री ५को सरकार” को सट्टा “नेपाल सरकार” ।
(२) तेस्रो संशोधनद्वारा रुपान्तर भएका शब्दहरुफः–
(क) “निकासी पैठारी नियन्त्रक” र “निर्देशक तथा नियन्त्रक” को सट्टा “महानिर्देशक” ।
(ख) “उद्योग वाणिज्य मन्त्रालय” र “उद्योग तथा वाणिज्य मन्त्रालय” को सट्टा “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय” ।
(ग)  “Ministry of Industries and Commerce” को सट्टाः “Ministry of Industry, Commerce andSupplies” .

(घ) “Director-cum-controller” को सट्टा “Director General” .