नियम १२
खारेजी र बचाउ

(१) देहायका नियमावली र नियमहरु खारेज गरिएका छन् –
(क) ननगजेटेड पद (भर्ना र प्रमोशन) सम्बन्धी नियमहरु, २०२१,
(ख) लेखा समूह (श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमावली, २०३४,
(ग) नेपाल प्रशासन सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति) नियमहरु,२०४२,
(घ) हुलाक समूह (श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमावली, २०४७,
(ङ) राजस्व समूह (गठन, श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमावली,
२०४९ ।
(२) उपनियम (१) मा उल्लेखित नियमावली तथा नियमहरु बमोजिम भए गरेका काम कारवाहीहरु यी नियमहरु बमोजिम नै भए गरेको मानिनेछ ।