दफा २८
खुल्ला कारागारमा राख्न सकिने
(१) कैद अवधिको दुई तिहाई अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रमुखको सिफारिसमा सम्बन्धित जिल्ला अदालतको न्यायाधीशले खुल्ला कारागारमा राख्ने आदेश दिन सक्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “खुल्ला कारागार” भन्नाले कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउ“भन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको कुनै ठाउ“ सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम खुल्ला कारागारमा पठाउँदा निजले पालना गर्नु पर्ने शर्त तोक्नु पर्नेछ ।
“(२क) उपदफा (१) बमोजिम खुल्ला कारागारमा राखिएको कसूरदारले उपदफा (२) बमोजिमका शर्तहरु पालना गरी त्यस्तो अवधि भुक्तान गरेमा निजले खुल्ला कारागारमा रही त्यस्तो कैद भुक्तान गरेको मानिनेछ ।”
(३) उपदफा (१) बमोजिम खुल्ला कारागारमा पठाइएको कैदीले उपदफा (२) बमोेजिमको शर्त पालना नगरेमा वा त्यस्तो अवधिमा कैद सजाय हुने कुनै कसूर गरेमा निजले आफूलाई तोकिएको बाँकी कैद सजाय कारागारमा बसी भुक्तान गर्नु पर्नेछ ।