नियम २५
खेलकुद प्रतियोगितामा भाग लिन नपाउने अवधि
: कुनै खेलाडीले ऐनको दफा ३२ को खण्ड (क) बमोजिम/कसूर गरेमा ऐनको दफा ३३ को खण्ड (क) मा उल्लेख भएबमोजिम निजले सेवन गरेको प्रतिबन्धित औषधिको मात्रा र प्रकृति अनुसार त्यस्तो खेलाडीलाई बढीमा छ महिनाको लागि कुनै पनि खेलकुद प्रतियोगितामा भाग लिन नपाउने गरी रोक लगाइनेछ।