दफा १४
खेलकुद, मनोरञ्‍जन तथा साँस्कृतिक अधिकार
(१) प्रत्येक बालबालिकालाई निजको उमेर र रूची अनुसारको खेल खेल्ने र खेलकुदमा सहभागी हुने अधिकार हुनेछ।
(२) प्रत्येक विद्यालयले पठन पाठन बाहेकको समयमा बालबालिकालाई खेलकुदमा सहभागी हुन प्रोत्साहन गर्ने र त्यसको लागि आवश्यक उपयुक्त खेलकुद स्थल र खेलकुद सामग्रीको व्यवस्था गर्नु पर्नेछ।
(३) प्रत्येक बालबालिकालाई आफ्नो उमेर, रूची र आवश्यकता अनुसार बालमैत्री मनोरञ्‍जन गर्ने अधिकार हुनेछ।
(४) प्रत्येक बालबालिकालाई आफ्नो हित प्रतिकूल नहुने गरी आफ्नो धर्म, संस्कृति, चलन, रीतिरिवाज र आस्था अनुरूप सांस्कृतिक क्रियाकलापमा भाग लिने अधिकार हुनेछ।