दफा ११
ख. समितिको बैठक :
(१) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ र अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा सदस्यहरूले आपूmमध्येबाट छानेको सदस्यले बैठकको
अध्यक्षता गर्नेछ ।
(४) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(५) समितिको बैठकले गरेको निर्णय समितिको सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(६) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।