नियम ११
पदसंख्या निर्धारण गर्नेः (१) नियम ८ बमोजिम शिक्षा विभागबाट रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि आयोगले रिक्त पदमध्ये खुल्ला प्रतियोगिता, कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने प्रतिशतको आधारमा पदसंख्या निर्धारण गर्नेछ ।
(२) उपनियम (१) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदसंख्या निर्धारण गर्दा नियम ११क. बमोजिम पूर्ति हुने पदसंख्या समेत निर्धारण गर्नु पर्नेछ ।