नियम ३
गर्भवती जाँच गर्नु पर्ने
(१) स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य संस्थामा तत्काल उपलब्ध भएसम्मको गर्भवती सेवा उपलब्ध गराउनु पर्नछ ।
(२) स्वास्थ्य संस्थाले गर्भवती महिलालाई सामान्यतया गर्भवती भएको चार महिना, छ महिना, आठ महिना र नौ महिना गरी कम्तीमा चार पटक गर्भवती सेवा उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (२) का अतिरिक्त स्वास्थ्य संस्थाले गर्भवती महिलालाई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बमोजिमको थप स्वास्थ्य जाँच सेवा समेत उपलब्ध गराउनु पर्नेछ ।
(४) स्वास्थ्य संस्थाले गर्भवती महिलालाई गर्भवती भएको अवस्थादेखि सुत्केरी हुने अवस्थासम्म गर्भवती सेवा उपलब्ध गराउनु पर्नेछ ।