नियम २३
गिरफ्तार गर्न वा नियन्त्रणमा लिन सकिने
२३. गिरफ्तार गर्न वा नियन्त्रणमा लिन सकिने ः
(१) ऐन तथा यस नियमावली विपरीत काम गरेको अभियोगमा संरक्षकबाट वारेण्ट प्राप्त गरी सहायक संरक्षक, रेञ्जर वा निकुञ्जका अन्य कर्मचारीहरुले कुनै व्यक्तिलाई गिरफ्तार गर्ने वा त्यस्तो व्यक्तिको मालसामान वा सवारी साधनको खानतलासी गर्न वा नियन्त्रणमा लिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा वा सबुद नष्ट हुन सक्ने आशंका भएमा वारेण्ट बेगर पनि अभियुक्तलाईइ पक्राउ गर्न वा निजको सरसामान वा सवारी साधनको खानतलासी गर्ने वा नियन्त्रणमा लिन सकिनेछ ।
(३) यस नियम बमोजिम नियन्त्रणमा लएको वा बरामद भएको काठ वा अन्य सरसामान निकुञ्जले तोकेको स्थानसम्म ल्याउन संरक्षकले अनुमति दिन सक्नेछ ।