नियम २१
गिरफ्तार गर्न सकिने
(१) संरक्षकबाट वारेण्ट प्राप्त गरी सहायक संरक्षक, वन्यजन्तु गार्ड वा आरक्षका अन्य कर्मचारीले ऐन वर्खिलाप काम गरेको अभियोगमा कुनै व्यक्तिलाई गरिफ्तार गर्न वा त्यस्तो व्यक्तिको मालसमान वा सवारीको साधनको खानतलासी लिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा भने विना वारेण्ट पनि सहायक संरक्षक, रेन्जर वा सुवेदार दर्जासम्मका वन्यजन्तु गार्डले अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारीको खानतलासी लिन सक्नेछ ।