दफा २२५
गुज्रिएको म्याद वा तारिख थामिने अवस्था

(१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनिकसैले देहाय बमोजिमको काबू बाहिरको परिस्थिति उत्पन्न भई म्यादवा तारिख गुज्रिएको कुरा उल्लेख गरी देहाय बमोजिमको अवधिभित्र थमाउन सम्बन्धित अदालतमा निवेदन दिएमा अदालतलेत्यस्तो गुज्रेको म्याद वा तारिख थमाउने आदेश दिनेछ:-
(क) अदालतमा उपस्थित हुनु पर्ने व्यक्तिको कोही मृत्यु भई परम्परा अनुसारनिज आफैँ किरिया वा किरिया सरहको शोकवरण गरी बस्नु परेको भए त्यस्तो व्यक्तिको मृत्यु भएकोपन्ध्र दिन पुगेको मितिले बाटोको म्याद बाहेक सात दिन,
(ख) अदालतमा उपस्थित हुनु पर्ने व्यक्ति महिला भई सुत्केरी भएको भए सुत्केरीभएको मितिले बाटोको म्याद बाहेक साठी दिन,
(ग) अदालतमा उपस्थित हुनु पर्ने म्यादभित्र खोलो, पहिरो वा हिउँले बाटो बन्दभई वा कर्फ्यूको घोषणा भएको वा अन्य कुनै कारणले सार्वजानक यातायातको साधन नचलेको भए बाटोखुलेको वा सार्वजनिक यातायातको साधन चलेको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिन,
(घ) अदालतमा उपस्थित हुनु पर्ने म्यादभित्र भूकम्प वा ज्वालामुखी जस्ताविपद्‌ परेको भए त्यस्तो भएको मितिले बाटोको म्याद बाहेक दश दिन,
(ङ) अदालतमा उपस्थित हुनु पर्ने व्यक्तिलाई कसैले अपहरण गरी लगेको वा शरीरबन्धक बनाएको भए त्यस्तो अपहरण वा बन्धकबाट मुक्त भएको मितिले बाटोको म्याद बाहेक पन्ध्रदिन,
(च) अदालतमा उपस्थित हुनु पर्ने व्यक्ति कुनै दुर्घटनाको कारण अचेत वाहिँडडुल गर्न नसक्ने भई वा अशक्त विरामी भएको कारण हिँडडुल गर्न नसक्ने भई नेपाल सरकारबाटस्वीकृत अस्पतालमा भर्ना भई उपचार गराएकोमा पन्ध्र दिन।
(२) उपदफा (१) बमोजिम गुज्रिएको म्याद वा तारिख थमाउन दिइने निवेदन साथ सो उपदफा बमोजिमको परिस्थिति उत्पन्नभएकोव्यहोरा पुष्टि गर्न आवश्यक पर्ने प्रमाण संलग्न गर्नु पर्नेछ ।