दफा ६१
गोपनीयता राख्नु पर्ने
: (१) सहकारी बैङ्कको कारोबारसँग सम्बन्धित खाता, आर्थिक कारोबारको विवरण र स्रेस्ताको गोपनीयता राख्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको प्रयोजनको लागि बैङ्कको कारोबारसँग सम्बन्धित बही, खाता, हिसाबको विवरण र स्रेस्ता दिन बाधा पर्ने छैन :–
(क)    मुद्दा वा अन्य कानूनी कारबाहीको सिलसिलामा अदालतलाई,
(ख) लेखापरीक्षणको सिलसिलामा लेखापरीक्षकलाई,
(ग)   निरीक्षणको सिलसिलामा सम्बन्धित अधिकारीलाई,
(घ)  प्रचलित कानून बमोजिम विवरण माग गर्ने अख्तियारी पाएको व्यक्ति वा अधिकारीलाई,
(ङ)  आफ्ना सदस्यलाई ।