नियम २१४
गोला प्रथाको कार्य सञ्चालन
गोला प्रथा सम्बन्धी कार्यको संयोजन महासचिव वा महासचिवले तोकेको सचिवालय सचिवले गर्नेछ र महासचिवले सो कार्यको लागि सचिवालयको वरिष्ठ अधिकृत र आवश्यकता अनुसार अन्य कर्मचारीलाई समेत खटाउन सक्नेछ ।