नियम २१०
गोला प्रथाबाट कायम हुने पदावधि
(१) नियम २०९ बमोजिम विभाजन गरिएको प्रत्येक समूहको लागि अलगअलग गोलाद्वारा देहाय बमोजिमका सदस्यको पदावधि देहाय बमोजिम कायम हुनेछ ः- (क) प्रत्येक प्रदेशबाट निर्वाचित महिला समूहका तीन जना सदस्यमध्ये एक जनाको दुई वर्ष, एक जनाको चार वर्ष र एक जनाको छ वर्ष, (ख) सबै प्रदेशबाट निर्वाचित दलित समूहका सात जना सदस्यमध्ये दुई जनाको दुई वर्ष, दुई जनाको चार वर्ष, दुई जनाको छ वर्ष र बाँकी एकजनाको शून्य वर्ष, (ग) सबै प्रदेशबाट निर्वाचित अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहका सात जना सदस्यमध्ये दुई जनाको दुई वर्ष, दुई जनाको चार वर्ष, दुई जनाको छ वर्ष र बाँकी एकजनाको शून्य वर्ष, (घ)  प्रत्येक प्रदेशबाट निर्वाचित खण्ड (क), (ख) र (ग) मा समावेस भएका सदस्य बाहेक तीन जना सदस्यमध्ये एक जनाको दुई वर्ष, एक जनाको चार वर्ष र एक जनाको छ वर्ष, (ङ)  खण्ड (ख) र (ग) बमोजिम पदावधि कायम गर्दा शून्य वर्ष पर्ने खण्ड (ख) र (ग) बमोजिमको एक–एक जना गरी जम्मा दुई जना सदस्यमध्ये एक जनाको चार वर्ष र एक जनाको छ वर्ष (च) राष्ट्रपतिबाट मनोनित तीन जना सदस्यमध्ये एक जनाको दुई वर्ष, एक जनाको चार वर्ष र एक जनाको छ वर्ष । (२) उपनियम (१) को खण्ड (ख) र (ग) को प्रयोजनको लागि प्रत्येक खण्डको सात वटा गोला मध्ये एकएक वटा गोलामा कुनै पदावधी उल्लेख नगरिएको गोला प्रयोग गरिनेछ र त्यस्तो गोला झिक्ने प्रत्येक समूहको एक एक जना गरी दुई जना सदस्यको हकमा सोही उपनियमको खण्ड (ङ) बमोजिमको पदावधि पुन गोला प्रथाद्वारा कायम गरिनेछ ।