दफा २०
ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता
(१) यो ऐन प्रारम्भ हुनुअघि नेपाल सरकारबाट तोकिएको अवधिको तालिम प्राप्त गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सञ्चालन गर्दै आएका ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता -अनुसूचीमा उल्लेख भए बमोजिमको योग्यता पूरा नभएसम्म प्रदेश कानूनले तोकेको निकायले छुट्टै दर्ता किताब खडा गरी नाम दर्ता गर्ने व्यवस्था मिलाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दर्ता भएका ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताले तोकिए बमोजिमको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न सक्नेछन् ।
(३) उपदफा (१) बमोजिम दर्ता भएका ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताबाट तोकिए बमोजिमका कार्य भए नभएको सम्बन्धमा प्रदेश कानूनले तोकेको निकायले आवश्यक नियमन गर्न सक्नेछ।
(४) यस दफा बमोजिम दर्ता भएका ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताले सोको प्रमाणपत्र प्राप्त गरी निरन्तर दश वर्ष पशु स्वास्थ्य तथा पशुसेवा व्यवसाय सञ्चालन गरी रहेको भएमा त्यस्ता व्यवसायीलाई सीप परीक्षण गराई सफल भएमा दफा १७ को खण्ड (घ) बमोजिमको श्रेणीमा दर्ता गर्न सकिनेछ ।
(५) ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको दर्ता, नियमन र क्षमता अभिवृद्धि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।