नियम
ग्राहकको पहिचान गर्न कागजातको जाँचबुझ गर्नु पर्ने
सूचक संस्थाले ऐनको दफा ७क. बमोजिम ग्राहक पहिचानको लागि जा“चबुझ गर्दा देहाय बमोजिमका सक्कल कागजात हेरी त्यसको जाँचबुझ गर्नु पर्नेछः–
(क) प्राकृतिक व्यक्तिको सम्बन्धमाः–
(अ) नेपाली नागरिकको हकमा नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी,
(आ) नेपाली नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र वा नावालिग परिचयपत्र र अभिभावक/संरक्षकको नागरिकता वा राहदानी,
(इ) नागरिकता नलिएका नेपाली नागरिकको हकमा गाउँपालिका वा नगरपालिकाले दिएको सिफारिसपत्र
(ई) विदेशी नागरिकको हकमा राहदानी,
(उ) राहदानी नभएका भारतीय नागरिकको हकमा भारतीय कानून बमोजिम नागरिक हो भनी दिएको प्रमाणपत्र,
(ऊ) शरणार्थीको हकमा सम्बन्धित सरकारी वा अन्तर्राष्ट्रिय निकायले दिएको परिचयपत्र ।
(ख) कानूनी व्यक्तिको सम्बन्धमाः–
(अ) कानून बमोजिम दर्ता, अनुमतिपत्र, इजाजतपत्र वा काम कारोबार अनुमति वा नवीकरण सम्बन्धी प्रमाणपत्र,
(आ) कानूनी व्यक्तिको प्रकार बमोजिम दर्ता हुन आवश्यक मुख्य कागजात,
(इ) कानूनी व्यक्तिको ठेगाना, व्यवसाय वा कार्यको प्रकार र मुख्य उद्देश्य खुलाउने कागजात,
(ई) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र,
(उ) सञ्चालक वा व्यवस्थापन समिति वा त्यस्तै कार्यका लागि गठन भएको अन्य कुनै समिति भए त्यसका पदाधिकारी तथा उच्च व्यवस्थापकको
परिचय खुल्ने कागजात,
(ऊ) खाता सञ्चालकको परिचय खुल्ने कागजात ।
(ग) कानूनी प्रबन्धको सम्बन्धमाः–
(अ) कानूनी प्रबन्धको दर्ता वा ट्रष्ट डिड वा स्थापना सम्बन्धी उद्देश्य र कार्य तथा ठेगाना खुल्ने कागजात,
(आ) ट्रष्टी, नियन्त्रक, संरक्षक, सेटलर वा वास्तविक धनीको ठेगाना खुल्ने कागजात,
(इ) कानूनी प्रबन्धको सञ्चालन गर्ने मुख्य पदाधिकारीको परिचय खुल्ने कागजात,
(ई) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र,
(उ) खाता सञ्चालकको परिचय खुल्ने कागजात ।