नियम २५
घटना दर्ता सम्बन्धी विशोष व्यवस्था
: (१) प्रचलित कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले घटना दर्ताको लागि स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा अनुसूची-२७ बमोजिमको ढाँचामा सूचना दर्ता गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम सूचना दर्ता गर्दा पति, पत्नी दुवैको तर्फबाट धर्मपुत्र वा धर्मपुत्री राखिएकोमा दुवै जना उपस्थित हुनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम सूचना दर्ता भएपछि स्थानीय 'पञ्चिकाधिकारीले आवश्यक जाँचबुझ गरी धर्मपुत्र वा धर्मपुत्री राखिएको यकिन गरी उपयुक्त देखिएमा अनुसूची- २८ बमोजिमको दर्ता किताबमा अभिलेख राखी अनुसूची- २९ बमोजिमको प्रमाणपत्र जारी गर्न पर्नेछ । (४) कुने व्यक्तिको कम्तीमा सात महिनाको गर्भावस्था पछि मृत बच्चा जन्मिएमा वा बच्चा जन्मनासाथ मृत्यु भएमा सो सम्बन्धमा स्वास्थ्य संस्थाले प्रमाणित गरेको कागजात तथा सम्बन्धित वडा अध्यक्षले गरेको सिफारिस सहित त्यस्तो बच्चाको बाबु, आमा वा-परिवारको अठार वर्ष उमेर पूरा गरेको सदस्यले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा अनुसूची- ३० बमोजिमको ढाँचामा निबेदन दिन सक्नेछ।

(५) उपनियम (४) बमोजिम निवेदन परेमा स्थानीय पञ्जिकाधिकारीले सोको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई अनुसूची-३१ बमोजिमको मृत बच्चा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।