दफा १५ग
चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्न सकिने
: (१) कुनै संस्था, निकाय वा स्थानीय तहले संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन्, वंशाणु श्रोत संरक्षण तथा अध्ययन, अनुसन्धान गर्ने प्रयोजनका लागि तोकिए बमोजिम इजाजतपत्र प्राप्त गरी चिडियाखाना सञ्चालन गर्न सक्नेछ ।
(२)कुनै पनि व्यक्ति, संस्था वा स्थानीय तहले टुहुरा, असहाय, समस्याग्रस्त र उद्धार गरिएका वन्यजन्तुहरुको संरक्षण र व्यवस्थापनको लागि वन्यजन्तु उद्धार केन्द्र र वन्यजन्तु अस्पताल स्थापना गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना र सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।