दफा
चुक्ता पूँजी वृद्धि गर्न वा धरौटी थप गर्न आदेश दिन सक्ने
: (१) दफा ४ र ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्रवालाको चुक्ता पूँजी र इजाजतपत्र प्राप्त गर्दाको बखत राखेको धरौटी इजाजतपत्रवालाको कारोबारमा भएको वृद्धिको अनुपातमा कमी देखिन
आएमा विभागले आवश्यकता अनुसार त्यस्तो चुक्ता पूँजीमा वृद्धि गर्न वा थप धरौटी दाखिला गर्न इजाजतपत्रवालालाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएमा सम्बन्धित इजाजतपत्रवालाले विभागले दिएको आदेश बमोजिम तोकिएको समय सीमाभित्र कम्पनीको चुक्ता पूँजीमा वृद्धि गर्न वा थप धरौटी दाखिला गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम वृद्धि गर्नु पर्ने चुक्ता पूँजी र थप धरौटी रकम निर्धारण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।