नियम ५९
छलफलको दिन र समयावधि तोक्ने
(१) अध्यक्षले राष्ट्रिय सभाको कार्यबोझलाई ध्यानमा राखी प्रस्तावमाथि छलफल गर्ने दिन र समयावधि तोक्न सक्नेछ । (२) उपनियम (१) बमोजिम तोकिएको दिनका लागि एकभन्दा बढी सदस्यले एकै विषयमा एकभन्दा बढी प्रस्ताव पेश गरेमा पहिले दर्ता भएको प्रस्ताव उपर छलफल हुनेछ । तर एउटै विषयमा एकै पटक दुई वा सो भन्दा बढी प्रस्ताव दर्ता भएको अवस्थामा आपसी सहमति वा गोलाप्रथा गरी एउटा प्रस्तावमा मात्र छलफल हुनेछ । (३) छलफलका निमित्त निर्धारित समयावधि समाप्त भएपछि छलफल समाप्त हुनेछ र यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक अध्यक्षले मूल विषयमाथि निर्णय प्राप्त गर्नका लागि आवश्यक सबै प्रश्नहरू बैठकमा निर्णयार्थ पेश गर्नेछ ।