नियम १०
छानबिन गर्न सक्ने
(१) दलले संविधानको धारा १७ को उपधारा (२) को प्रतिबन्धात्मक वाक्यांश (३) बमोजिम काम, कारबाही गरेकोले त्यस्तो काम कारबाही उपर रोक लगाउन ऐनको दफा ११ को उपदफा (१) बमोजिम नेपाल सरकारले लेखी पठाएमा त्यस्तो काम कारबाहीको सम्बन्धमा आयोगले अवधि तोकी आयोगको कुनै पदाधिकारी वा कर्मचारीलाई छानबिनको लागि खटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम छानबिनको लागि खटिएको पदाधिकारी वा कर्मचारीले त्यस्तो विषयमा छानबिन गरी आयोगले तोकेको समयभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।
(३) यस नियम बमोजिमको छानबिनबाट कुनै दलले उपनियम (१) बमोजिमको काम, कारबाही गरेको प्रमाणित भएमा आयोगले सम्बन्धित दललाई त्यस्तो काम, कारबाही तुरुन्त रोक्न आदेश दिई त्यसको जानकारी नेपाल सरकारलाई दिनेछ ।