दफा १२
छानबिन तथा अनुसन्धान गर्ने
(१) दफा ११ को उपदफा (१) बमोजिम गरिएको प्रारम्भिक 
कारबाहीबाट कुनै व्यक्तिको मानव अधिकारको उल्लङ्घन वा त्यसको दुरुत्साहन भएको
देखिन आएमा आयोग आफैले वा आवश्यकता अनुसार अनुसन्धान टोली वा अनुसन्धान
अधिकृत नियुक्त गरी तोकिए बमोजिम छानबिन तथा अनुसन्धान गर्न वा गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम छानबिन तथा अनुसन्धान कार्य सम्पन्न भएपछि
अनुसन्धान टोली वा अनुसन्धान अधिकृतले सोको प्रतिवेदन आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनमा उल्लिखित
विषयका सम्बन्धमा आयोगले तोकिए बमोजिम विशेषज्ञको सेवा लिन, थप प्रमाण वा साक्षी
बुझ्न वा सार्वजनिक सुनुवाई गर्न सक्नेछ ।
(४) छानबिन तथा अनुसन्धान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।