नियम ११
छानबिन समिति वा छानबिनको लागि खटिएको कर्मचारीको अधिकार
आयोगको प्रारम्भिक छानबिनबाट महिला विरुद्धका हिंसा वा महिला अधिकारको हनन भएको देखिएमा छानबिनको लागि गठन भएको वा खटिएको समिति वा कर्मचारीले देहाय बमोजिमको कार्य गर्न सक्नेछः-
(क) स्थलगत अनुगमन गर्ने,
(ख) प्रमाणहरु /सङ्कलन गर्ने र भएका प्रमाणहरु लोप हुन नदिन सोको सुरक्षा र संरक्षण गर्ने,
(ग) घटनाको विषयमा सम्बन्धित निकायको सहयोग लिने,
(घ) साक्षी प्रमाण लगायतका सम्बन्धित व्यक्ति बुझ्ने,
(ङ) पीडक व्यक्तिलाई आयोगको सम्बन्धित कार्यालयमा झिकाउने,
(च) छानबिनमा खटिएका व्यक्तिले आफूले गरेको कार्यको लिखित रुपमा टिपोट राखे,
(छ) छानबिन सम्बन्धमा आयोगलाई भए सरहको अधिकार प्रयोग गर्ने ।