नियम १०
छानबिन समिति
: (१) ऐनको दफा ४क. को उपदफा (५) बमोजिम बोर्डको अध्यक्षले आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेको सम्बन्धमा छानबिन गरी सिफारिस गर्न देहाय बमोजिमको छानबिन समिति रहनेछ :-
(क) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरूमध्ये
१ पहिलो संशोधनद्रारा थ। मुख्य सचिवले तोकेको सचिव -संयोजक (ख) सहन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय -सदस्य (ग) सहसचिव, मन्त्रालय -सदस्य
(२) उपनियम (१) बमोजिमको समितिको कार्यावधि त्यस्तो समिति गठन गर्दाका बखत नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।
(३) ऐनको दफा ४क. को उपदफा (५) बमोजिम बोर्डको मनोनित सदस्यले आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेको सम्बन्धमा छानबिन गरी सिफारिस गर्न देहाय बमोजिमको छानबिन समिति रहनेछ :-
(क) सहसचिव, मन्त्रालय -संयोजक (ख) उपन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय -सदस्य (ग) कानून अधिकृत, मन्त्रालय -सदस्य
(४) उपनियम (३) बमोजिमको समितिको कार्यावधि त्यस्तो समिति गठन गर्दाका बखत मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
(५) उपनियम (१) र (३) बमोजिमको समितिको बैठक लगायतका अन्य कार्यविधि सम्बन्धित समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।