नियम १०
छुट जग्गा दर्ता सम्बन्धी व्यवस्था

(१) नाप जा“च हु“दा कुनै जग्गा नाप जा“च हुन छुट भएको वा नाप जा“च भएतापनि दर्ता हुन छुट भएमा सम्बन्धित व्यक्तिले त्यस्तो जग्गा नाप जा“च वा दर्ता गर्नका लागि आवश्यक कागजात सहित नापी गोश्वारामा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा नापी गोश्वाराले सो निवेदन नियम ११ बमोजिमको समिति समक्ष पेश गरी सो समितिको सि˚ारिश बमोजिम गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम कुनै नगरपालिकाको वडा वा गाउ“ विकास समितिमा जग्गा नाप जा“चको काम शुरु भएपछि सो वडा वा गाउ“ विकास समितिको क्षेत्रभित्र छुट जग्गा दर्ताका लागि कारवाही चली निर्णय हुन बा“की रहेका मिसिल मालपोत कार्यालयले आवश्यक कारवाहीका लागि सम्बन्धित नापी गोश्वारामा पठाउनु पर्नेछ ।