नियम ७५
छुट, सुबिधा र सहुलियत प्राप्ति
: (१) ऐनको दफा ७८ को उपदफा (३), (४), (५) र (९) मा उल्लिखित छुट, सुविधा र सहुलियत प्राप्ति सम्बन्धी प्रक्रिया नेपाल सरकारबाट नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम हुनेछ ।

(२) ऐनको दफा ७८ को उपदफा (६) र (८) बमोजिमको छुट, सुबिधा र सहुलियत मन्त्रालयको सिफारिसमा प्रास हुनेछ ।

(३) ऐनको दफा ७८ को उपदफा (७) बमोजिमको छुट, सुबिधा र सहुलियतको प्राप्ति बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम मन्त्रालयबाट स्वीकृत कार्यविधि बमोजिम हुनेछ |

(४) उपनियम (२) र (३) बमोजिम छुट, सुविधा र सहुलियत प्राप्तिका लागि सिफारिस गर्ने शर्त, आधार र प्रक्रिया मन्त्रालयले तोके बमोजिम हुनेछ ।