नियम ८क
छुट्टै खातामा रकम जम्मा गर्ने
(१) ऐनको दफा १० बमोजिमको कार्यविधि पूरा गर्दा पनि कुनै धनीले ऋणपत्रको सा“वा ब्याज भुक्तानी लिन नआएमा बैङ्कले त्यस्तो सावा ब्याज रकम एउटा छुट्टै खाता खोली जम्मा गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको खातामा जम्मा भएको आफ्नो रकम भुक्तानी लिन सबुद सहित सम्बन्धित धनीले बैङ्क समक्ष निवेदन गरेमा बैङ्कले सो रकम निजलाई भुक्तानी गर्नुपर्नेछ ।
राष्ट्र ऋण नियमावली, २०५९