दफा
छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बूढो–पास्नीको भोजमा नियन्त्रण

(१) छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बुढो–पास्नी गर्दा सो कर्मकाण्डसंग सम्बन्धित नजिकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गर्न हुँदैन ।
(२) उपदफा (१) उल्लंघन गरेमा दश हजार रुपैयाँ जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।