दफा १२
छोड्न पर्दा अपनाउनु पर्ने कार्यविधि
नजरबन्दमा राखिएको कुनै व्यक्तिलाई छोड्नु पर्दा सम्बन्धित जिल्ला अदालतको न्यायाधीश वा निजको अनुपस्थितिमा श्रेस्तेदार र सम्भव भएसम्म नजरबन्दमा रहेको व्यक्तिको परिवारको सदस्य, नजिकको नातेदार वा नजरबन्दमा रहेको व्यक्तिले इच्छाएको व्यक्तिको रोहबरमा छोड्नुपर्छ ।