जमीन प्राप्त गर्ने नेपाल सरकारको अधिकारमीन प्राप्त गर्ने नेपाल सरकारको अधिकार मीन प्राप्त गर्ने नेपाल सरकारको अधिकार ः
(१) दफा २ अन्तर्गत सूचनामा उल्लेख भए अनुसारको कुनै विकास योजना कार्यान्वित गर्नकोे िनमित्त विकास क्षेत्र भित्रको कुनै जग्गा जमीन इत्यादिको आवश्यकता छ भन्ने नेपाल सरकारको विचारमा लागेमा नेपाल सरकारले त्यस्तो जग्गा जमीन प्राप्त गर्न सक्तछ।
(२) जग्गा प्राप्त गर्ने बारे तत्काल लागू भई रहेको ऐनबमोजिम यस्ता जग्गा जमीन प्राप्त गरिनेछ । तर जग्गा प्राप्त गर्नुभन्दा अघि दुई वर्षसम्म पर्ति रहेको जग्गा जमीनका हकमा कुनै क्षतिपूर्ति दिइने छैन र नेपाल सरकारले विकसित क्षेत्रको कुनै विकसित जग्गा जमीन बेच्न चाहेको खण्डमा जुन जुन व्यक्तिबाट नेपाल सरकारले क्षतिपूिर्त वेगर त्यस क्षेत्रमा जग्गा जमीन प्राप्त गरेको थियो, ती ती व्यक्तिले दफा ५ अन्तर्गत बनिने नियमहरूको अधीनमा रही त्यस्तो विकसित जग्गा जमीन किन्न नपाई अरूले किन्न पाउने छैन ।