दफा
जग्गा दर्ता गर्ने

(१) दफा ४ बमोजिम बिक्री वितरण भएको जग्गा तोकिएको अधिकारीले बिक्री वितरणमा पाउने व्यक्तिको नाममा तोकिए बमोजिम दर्ता किताबमा दर्ता गरी त्यसको प्रमाणिक प्रतिलिपि सम्बन्धित माल अड्डामा वा माल अड्डा नभएको जिल्लामा भूमि प्रशासन कार्यालयमा पठाउनुपर्छ ।
(२) उपदफा (१) बमोजिम दर्ता किताबको प्रमाणिक प्रतिलिपि प्राप्त भएपछि सम्बन्धित माल अड्डा वा भूमि प्रशासन कार्यालयले सो जग्गा पाउने व्यक्तिको नाउँमा जग्गावालाको हैसियतले दर्ता गर्नुपर्छ ।