नियम ४ख
जग्गा दर्ता समितिको गठन
(१) ऐनको दफा ७ को उपदफा (१) र (२) को
प्रयोजनको लागि प्रत्येक मालपोत कार्यालय क्षेत्रमा देहायका अध्यक्ष तथा सदस्यहरु
रहेको एक जग्गा दर्ता समिति गठन हुनेछ ः–
(क) प्रमुख मालपोत कार्यालय – अध्यक्ष
(ख) प्रमुख, नापी शाखा – सदस्य
(ग) मालपोत कार्यालयको वरिष्ठ कर्मचारी – सदस्य
(२) उपनियम (१) बमोजिम गठित समितिको बैठक सम्बन्धी कार्यविधि सोही
समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम गठित समितिलाई मालपोत विभागले समय समयमा
आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सो समितिको कर्तव्य
हुनेछ ।