दफा १६
जग्गा दर्ता, पोत मिन्हा र पोत असूली
: (१) जग्गा बिक्री वितरणमा पाउने व्यक्तिको नाममा स्थानीय माल अड्डामा जग्गा तोकिएबमोजिम दर्ता गरिनेछ ।
(२) यस ऐनबमोजिम जग्गा पाउनेले जग्गा पाएको पहिलो सालको पोत बुझाउनु पर्नेछैन । दोस्रो सालदेखि सर्भे वा मोठको आधारमा सूचित आदेश बमोजिमको मालपोत जग्गा पाउने व्यक्तिले स्थानीय माल अड्डामा बुझाउनु पर्नेछ ।
(३) कसैले उपदफा (२) बमोजिम मालपोत नबुझाएमा मालपोत सम्बन्धी प्रचलित कानुनबमोजिम हुनेछ ।