नियम
जग्गा दर्ता
(१) मालपोत कार्यालयले आफ्नो क्षेत्रभित्रको प्रत्येक जग्गा अनुसूची १
बमोजिमको दर्ता किताबमा दर्ता गरी राख्नु पर्नेछ ।
(२) मालपोत कार्यालयले उपनियम (१) बमोजिम जग्गाको लगत अद्यावधिक गरी
राख्नु पर्नेछ ।
(३) प्रचलित कानून बमोजिम कुनै जग्गाको मोही परिवर्तन भएमा सम्बन्धित
कार्यालयले त्यसको सूचना मालपोत कार्यालयलाई दिनु पर्नेछ ।