दफा ४
जग्गा प्राप्त गर्ने सूचना
(१) दफा ३ बमोजिम राष्ट्रिय वनको सिमाना छुट्याउदा सो वन वा त्यसको सिमानाको संरक्षणको निमित्तडिभिजनल वन अधिकृतले सो वनभित्रको वा सो वनको सिमानासग जोडिएको सार्वजनिक वा कुनै व्यक्तिको निजी जग्गा र सो जग्गामा बनेको घर, छाप्रो समेत वनको सिमानाभित्र पारी छुट्याउन पर्ने भएमा सोको कारण र त्यस्ता जग्गा प्राप्त गर्ने कुराको सार्वजनिक सूचना सम्बन्धित व्यक्तिको घर दैलो र गाउँपालिका वा नगरपालिकाको कार्यालय, माल वा मालपोत कार्यालयमा र सो जग्गा भएको स्थानमा सबैले देख्ने गरी टास गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचनामा देहायका कुराहरु समेत खुलाउनु पर्नेछः–
(क) प्राप्त गरिने जग्गा वा घरको क्षेत्रफल र चार किल्ला तथा जग्गाको किसिम,
(ख) त्यस्तो जग्गामा हकदैया भएको वा भोगचलन गरिरहेका सरोकारवाला व्यक्तिहरुले यो सूचना टास भएको वा जानकारी पाएको मितिले बाटोको म्याद बाहेक सत्तरी दिनभित्र जिल्ला वन अधिकृत समक्ष आफ्नाे हकभोगको प्रमाण सहित क्षतिपूर्तिको माग दावी गरी दर्खास्त दिन आउनु र सो म्यादभित्र दर्खास्त दिन नआएमा पछि कुनै उजूर लाग्ने छैन भन्ने कुरा ।