दफा ५३
जग्गाको उपयोग
: (१) ऐनको दफा ९ को उपदफा (१) बमोजिम पेट्रोलियम कार्यको लागि निषेधित क्षेत्रबाहेक पेट्रोलियम कार्यको लागि ठेकेदारलाई चाहिने जति सार्वजनिक जग्गा नेपाल सरकारले निर्धारण गरेको मनासिब भूबहालमा ठेकेदारले प्रयोग गर्न पाउने गरी नेपाल सरकारले उपलब्ध गराउनेछ । त्यस्तो जग्गामा पेट्रोलियम कार्यको लागि नचाहिने भएपछि नेपाल सरकारलाई फिर्ता गरिनेछ ।
(२) पेट्रोलियम कार्यको लागि चाहिने जग्गा व्यक्तिगत जग्गा भए ठेकेदारले उचित मुआब्जा दिई वा जग्गा धनीहरूसँग सोझै बहाल सम्झौता गरी वा विभागले तोकेको शर्त बमोजिम नेपाल सरकारको नाममा खरिद गरी उपयोग गर्न सक्नेछ । त्यस्तो किसिमले जग्गा उपभोग गर्न सम्भव वा व्यावहारिक नभएमा नेपाल सरकारले प्रचलित कानूनबमोजिम त्यस्तो
जग्गा स्थायी वा अस्थायी तवरले ठेकेदारको खर्चमा आफ्नो नाममा प्राप्त गरी यस सम्झौता बमोजिम पेट्रोलियम कार्यमा प्रयोग गर्नको लागि उपलब्ध गराउनेछ ।