दफा
जग्गाको बिक्री वितरण

(१) यो ऐन प्रारम्भ भएको झोरा क्षेत्रको जग्गा सोही क्षेत्रमा बसोबास गरी घटीमा एक वर्षदेखि खेती गरी कमाई आएको रैतिलाई निजको परिवार संख्याको विचार गरी बढीमा चार बिगाहा सम्मको दरले तोकिएको अधिकारीले तोकिएको मोलमा तोकिए बमोजिम बिक्री वितरण गर्नेछ ।

(२) उपदफा (१) बमोजिम बिक्री वितरण गरी बाँकी रहन आएको जग्गा तोकिएको अधिकारीले तोकिए बमोजिमका व्यक्तिहरुलाई तोकिएको मोलमा तोकिए बमोजिम बिक्री वितरण गर्नेछ ।