नियम १४
जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्ने

(१) जग्गा नाप जा“चको काम समाप्त भएपछि नापी अधिकृतले क्षेत्रीय कितावको आधारमा अनुसूची–८ बमोजिमको ढाँचामा कित्ता स्रेस्ता दुई प्रति र अनुसूची–९ बमोजिमको ढा“चामा जग्गाधनी दर्ता स्रेस्ता तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमका स्रेस्ताहरू तयार गरेपछि नापी अधिकृतले अनुसूची–१० बमोजिमको ढाँचामा जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी त्यस्तो जग्गा धनी दर्ता प्रमाण पूर्जा सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधिलाई दिनु पर्नेछ ।
(३) कुनै घरको जमीन तल्ला, माथिल्लो तल्ला वा एकै तल्लामा पृथक पृथक स्वामित्व भएमा त्यस्तो पृथक पृथक स्वामित्वमा रहेका तल्लाहरूको अनुसूची–११ बमोजिमको ढा“चामा पृथक पृथक जग्गाधनी दर्ता प्रमाण पूर्जा तयार गरी सम्बन्धित जग्गावाला वा निजको प्रतिनिधिलाई दिनु पर्नेछ ।
(४) उपनियम (२) वा (३) बमोजिम कसैले जग्गाधनी दर्ता प्रमाण पूर्जा नपाएमा वा पाए पनि त्यसमा चित्त नवुझेमा सोको कारण सहित सोही क्षेत्रको जग्गाधनी दर्ता प्रमाण पूर्जाको वितरण प्रारम्भ भएको मितिले वा जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएको मितिले साठी दिनभित्र सम्बन्धित नापी गोश्वारामा उजूर गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम पर्न आएको उजुरीमा आवश्यक छानविन गरी नापी गोश्वाराले जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्ने भए जग्गा धनी दर्ता प्रमाण पूर्जा दिनु पर्नेछ र सच्याउनु पर्ने भए सच्याई अर्काे जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्नेछ ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (४) बमोजिम परेको निवेदनमा छानविन गर्दा ऐनको द˚ा ६ को उपद˚ा (७) बमोजिम हकभोग वा तेरो मेरो सम्बन्धी प्रश्न उठेको कारणबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा दिन वा सच्याउन नमिल्ने भए अदालतबाट सो कुराको निर्णय भई आएका वखत सोही बमोजिम हुने व्यहोरा स्पष्ट रूपमा खुलाई नापी गोश्वाराले उजुरवालालाई तुरुन्त निस्सा दिनु पर्नेछ ।