नियम ७६
जजिष्ट्रारको काम, कर्तव्य र् अधिकार
: (१) ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त रजिष्टारको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-
(क) सहकारी संस्था दर्ता गर्नका लागि परेको दरखास्तउपर आवश्यक जाँचबुझ गरी सहकारी संस्था दर्ता गर्ने र दर्ताको प्रमाणपत्र दिने,
(ख) ऐन र यस नियमावलीको अधीनमा रही सहकारी संस्थाले आफ्नो कार्यसञ्चालन गर्न बनाएको विनियम स्वीकृत गर्ने,
(ग) ऐन र यस नियमावलीको अधीनमा रही सहकारी संस्थाको एकीकरण, विभाजन तथा कार्यक्षेत्र पुन निर्धारण सम्बन्धी कार्य गर्ने,
(घ) नियमित रूपमा सहकारी संस्थाको निरीक्षण तथा हिसाबकिताब जाँच गर्नुका साथै स्थापित सूचना प्रतिवेदन प्रणालीका आधारमा सहकारी संस्थाहरूको निरन्तर अनुगमन गरी आवश्यक निर्देशन दिने,
(ङ) सहकारी संस्थाहरूको लेखापरीक्षणको नियमित अनुगमन गरी निर्धारित अवधिभित्र लेखापरीक्षण नगराउने सहकारी संस्थाहरूको लेखापरीक्षण गराउने,
(च) बिपन्न ग्रामीण महिला, अपाङ्गता भएका व्यक्ति, मुक्त कमेया, मुक्त हलिया, भूमिहीन कृषक, बेरोजगार, श्रमिक र दलित तथा अल्पसङ्छयक जनजातिसमेतका सीमान्तकृत समूहको सहकारी खेतीपाती वा सदस्यको श्रम वा सीपमा आधारित स्व-रोजगारीका उद्योगधन्दा प्रवर्द्धन गर्न योजना तथा कार्यक्रम तर्जुमा गरी स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने,
(छ। सहकारी ब्यवसाय, कृषि उपजको मूल्य श्रृङ्खला विकास एवं तत्सम्बन्धी अन्तरसहकारी कारोबारका आयोजनाहरूलाई सहयोग पुन्याउने,
(ज)। सहकारी शिक्षा तथा तालिम क्रियाकलापहरूको तर्जुमा, सञ्चालन तथा बिस्तारका कार्यहरूको समन्वय गर्ने,
(झ) सहकारी संस्थाहरूको बिकास, सहकारी सिद्धान्त मूल्य मान्यताहरूको प्रचलन तथा सहकारी संस्थाहरूमा सुशासन कायम गराउनका लागि आवश्यक निर्देशन गर्ने,
(ज) ऐन, यस नियमावलीअन्तर्गत बनेका निर्देशिका, मापदण्ड, कार्यावधि तथा विनियमबमोजिम कार्य नगर्ने सहकारी संस्थाहरूलाई ऐनमा भएको व्यवस्था बमोजिम जरिबाना तथा अन्य कारबाही गर्ने,
(ट)। आर्थिक वर्ष समास भएको तीन महिनाभित्र सहकारी संस्थाको वार्षिक. निरीक्षण प्रतिवेदन मन्त्रालयमा पेस गर्ने,
(ठ। निष्कृय अवस्थामा रहेका साझा सहकारी संस्थाहरूलाई सकृय बनाउन आवश्यक कार्य गर्ने,
(ड)। आवश्यक मापदण्ड निर्धारण गरी सहकारी संस्थाको सेवा केन्द्र, सङ्कलन केन्द्र तथा बिक्री केन्द्र सञ्चालनको स्वीकृति दिने,
(ढ। ऐन, यस नियमावली र अन्तर्गत बनेका निर्देशिका, मानदण्ड, कार्यविधि तथा मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिमका अन्य कार्यहरू गर्ने ।
(२) रजिष्टरारले ऐन तथा यस नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये केही अधिकार आवश्यकता अनुसार आफूमातहतका अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।