नियम २७
जनचेतना अभिवृद्धि सम्बन्धी काम गर्ने

(१) भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न तथा भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्न केन्द्रले देहायका कार्यहरु गर्न सक्नेछः–
(क) केन्द्रको कार्यप्रकृति र क्षेत्राधिकारका बारेमा सर्वसाधारणका लागि जानकारी गराउने र भ्रष्टाचार निरोधात्मक सामग्री तयार गरी प्रचारप्रसार गर्ने,
(ख) भ्रष्टाचार विरोधी प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने,
(ग) भ्रष्टाचार विरोधी जनचेतना अभिवृद्धि गर्न तथा त्यस सम्बन्धी कार्यमा सर्वसाधारणलाई उत्पे्ररित गर्न तालीम, गोष्ठी तथा कार्यशालाको आयोजना गर्ने,
(घ) भ्रष्टाचार नियन्त्रणको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने,
(ङ) भ्रष्टाचार विरोधी जनमत तयार गर्ने उद्देश्यले समाजका विभिन्न क्षेत्र, वर्ग वा समुदायमा भ्रष्टाचार विरोधी सामुदायिक शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।
(२) उपनियम (१) बमोजिम सञ्चालन गरिने कार्यक्रमका लागि केन्द्रले आफ्नो वार्षिक कार्यतालिका बनाई कार्यान्वयन गर्न सक्नेछ ।