नियम २२
जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव उपर छलफल र निर्णय
(१) जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावमा नियम २१ को उपनियम (५) बमोजिम कुनै संशोधन प्राप्त भएको भए संशोधनकर्ता सदस्यलाई संशोधन पेश गर्नुको कारणसहित छलफलमा भाग लिन सभामुखले अनुमति दिनेछ।
(२) संशोधनकर्ता सदस्यले आफ्नो संशोधन पेश गरेपछि जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव उपर संयुक्त बैठकमा छलफल हुनेछ।
(३) छलफलको अन्त्यमा जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव प्रस्तुतकर्ता सदस्यले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछ।
(४) जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव प्रस्तुतकर्ता सदस्यले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि सभामुखले छलफल समाप्त भएको घोषणा गरी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछ ।
(५) जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव सङ्घीय संसदमा तत्काल कायम रहेका: सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा प्रस्ताव पारित भएको मानिनेछ।
(६) जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावमाथि संयुक्त बैठकको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा गरिनेछ।