दफा ७
जन्तसम्बन्धी नियन्त्रण
(१) बाजावाला लगायत एकाउन्न जनाभन्दा बढी जन्त वा बरियात लान हुँदैन ।
(२) जन्तमा कुनै प्रकारको भाडावाल नाच लग्न हुँदैन ।
(३) जन्तमा आतसबाजी गर्न हुँदैन ।
(४) जन्तमा एघार जना भन्दा बढी बाजावाला राख्न हुँदैन ।
(५) यस दफा उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।