दफा ३६
जफत गरिने
(१) दफा ३३ बमोजिम दण्ड जरिबाना भएमा उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गरिएको जीवनाशक विषादीलाई समेत जफत गरिनेछ।
(२) उपदफा (१) बमोजिम निरीक्षकले जफत गरिएको विषादी मुद्दाको अन्तिम किनारा नलागेसम्म त्यस्तो विषादीको सुरक्षित भण्डारण तथा विसर्जन गर्दा लाग्ने खर्च सम्बन्धित जीवनाशक विषादी धनीले नै बेहोर्नु पर्नेछ।