दफा २४
जफत गरी नष्ट गरिने
:– यस ऐन बमोजिम पैठारी वा ओसार पसार गरिने बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु निरीक्षण वा परीक्षणको क्रममा सङ्क्रमित रहेको पाइएमा उपचार हुने जति उपचार गरी छाडिनेछ र उपचार गर्दा पनि सङ्क्रमित रही रहेको पाइएमा त्यस्ता सामान जफत गरी नष्ट गरिनेछ ।